राजनीति

नेकपाको स्थायी कमिटी बैठक! नीति तथा कार्यक्रमपछि छलफल हुने

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ ।शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ उनले भने । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको

26 Shares
भारत तत्काल वार्तामा बस्न तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु, संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वपराष्ट्रमन्त्रीहरु र सरकारका मन्त्रीहरुको राय सुनिसकेपछि प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा महाकाली भएकोले यसमा कुनै विवाद नभएको बताएका छन् । सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि

14 Shares
भारतले खनेको सडक भाडामा दिन सकिन्छ,भूमि छोड्न सकिन्न- प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले खनेको सडक उसलाई भाडामा लगाउन सकिने तर भूमि छोड्न नसकिने बताएका छन्। आज बसेको सर्वदलीय बैठकमा ओलीले भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएको छलफलमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए। अतिक्रमण गरेको नेपाली भूमि फिर्ता भएपछि मात्र नयाँ नक्सा जारी गर्ने बताएका छन् । बुधबार साँझ बसेको सर्वदलिय बैठकमा ओलीले यस्तो बताएका

155 Shares
प्रधानमन्त्री ओलिद्वारा सर्बदलिय बैठको आह्वान

३१ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

10 Shares
परराष्ट्रमन्त्रीले लिए एक्सन, भारतीय राजदुतलाई वोलाएर सोधे यो के हो ?

परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणारजानकारी बुझिन्छ। शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो। राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले

103 Shares
नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम कदम चालोस् : नेकपा प्रवक्ता श्रेष्ठ

वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भ्रर्तसना गरेका छन। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने पनि बताएका छन् । श्रेष्ठले ट्वीटरमा लेखेका छन्भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमीमा सडक बनाइ हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु ।

24 Shares
सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो-कांग्रेसका सभापती देउवा (भिडियो)

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापती सेर बहादुर देउवाले बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्न माग गरेका छन । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता देउवाले बिदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित रहेको बताए । उनले अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य भएको बताउँदै यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरेर संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न माग गरेका हुन । नेपाली कांग्रेसका

24 Shares
नेकपा सचिवालयको बैठक जारी, प्रधानमन्त्री ओली आराम गर्न भन्दै बाहिरिए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा छैनन् । बैठक सुरु हुँदा सहभागी भएका उनी आराम गर्न भन्दै बैठकबाट बाहिरिएको स्रोतले बताएको छ । ‘उहाँ जानकारी गराएर बैठकबाट बाहिरिनु भएको हो’ नेकपा स्रोतले भन्यो ।

19 Shares
बहालवाला प्रधानमन्त्रीलाई संसद विघटन र मध्यावधि घोषणाको अधिकार’छैन

 वैशाख,१९काठमाडौं । केहीहप्ता पहिले नेपाली कांग्रेसका एकजना नेताले मध्यावधि निर्वाचन माग गरेपछि उनको तीव्र आलोचना भयो ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किंदै जाँदा कतिपयले फेरि संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गर्न थालेका छन् ।संविधानका जानकारहरू भने बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने र मध्यावधी निर्वाचन घोषणा गर्ने अधिकार नभएको बताउँछन् ।पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला भन्छन्, ‘वर्तमान प्रधानमन्त्रीलाई संसद विघटन गरेर मध्यावधि घोषणाको अधिकार छैन ।

13 Shares
नेकपाको बैठक सकियो,यस्ता छन निर्णय

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवलाय बैठक भर्खर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्ने बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । वैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीलाइ एकताबद्ध ढंगले अघि बढाउने सन्दर्भमा छलफल भएको छ । पार्टी स्थायी कमिटीको बैठक बोलाउने विषयमा अागामी वैशाख २०

16 Shares