दोस्रो चरणमा कसले मा’र्ला बाजी? देउवा कि कोइराला…..

दोस्रो चरणमा कसले मा’र्ला बाजी? देउवा कि कोइराला…..

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनले पहिलाे चरणकाे निर्वाचनबाट नयाँ सभापति पाउन असफल भएकाे छ । नयाँ नेतृत्वका लागि भएकाे  मतदानकाे अन्तिम मत परिणामबाट कसैले पनिआवश्यक बहुमत जुटाउन नसक्दा कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको हाे ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन असफल भएका छन् । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

मतगणनामा सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए भने अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।  अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् ।

दाेस्राे चरणकाे निर्वाचन झन राेचक हुने देखिएकाे छ । जसका लागि नेताहरु छलफलमा जुटेका छन् । अब सभापतिकाे लागि देउवालाई सिंह वा निधि एकले सघाए पुग्ने देखिन्छ भने र काेइरालालाई सभापति बन्न निधि र सिंह दुबैले सघाउनु पर्ने देखिएको छ । यतिबेला आम कार्यकर्ताको मात्रै नभएर सबैको ध्यान सभापतिको उम्मेदवारबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *