बदाम खानाले हाम्रो शरीरमा पुर्याउने फाइदा को बारेमा थाहा पाउनु होस्

बदाम खानाले हाम्रो शरीरमा पुर्याउने फाइदा को बारेमा थाहा पाउनु होस्

एजेन्सी । बदाम मन नपराउने सायदै कोही होलान् । जाडो मौसममा साथीहरूसँग पारिलो घाममा बसेर बदाम खानुको मजा त झनै बेग्लै । यसको गुणको तुलनामा बदाम स्वादिलो त हुन्छ ।

यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ ।

बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ 

बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलर समेत राम्रो संग हुन पाउँछ । त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ । 

बदाममा क्यालोरीको मात्र कम हुन्छ । साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ ।

बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खाने बाट तपाईलाई बचाउछ । यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन । तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ । 

बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ । यसको सेवाले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ ।

बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ । बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हद सम्म कम हुन पुग्छ ।

सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ । 

बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ । स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *