हामीले खाने तरकारी भिन्डीबाट हुने फाइदाहरू यस्ता छन्

हामीले खाने तरकारी भिन्डीबाट हुने फाइदाहरू यस्ता छन्

भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । तसर्थ भिण्डीले निम्नानुसारका फाइदाहरु गर्छ :

-भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

-गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

-भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।

-भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।

-आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

-भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।

-भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

-भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।

-भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

-भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।

-भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।

-आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *