यि हुन विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

यि हुन विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको जनाएको छ ।

६.५२ सेन्टिमिटरभन्दा बढी खुल्ने मुखसहित उनले महिलातर्फको विश्वकै ठूलो मुख भएको विश्व कीर्तिमान बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको हो । समान्थालाई आफ्नो मुख जहिले ठूलो लाग्ने भए पनि टिकटकबाट मात्र यो कीर्तिमानी भएको थाहा पाएकी थिइन् ।

टिकटकमा उनले आफ्नो भिडियो पोस्ट गरेपछि प्रयोगकर्ताहरूले उनलाई कीर्तिमानका लागि प्रयास गर्न लगाएका थिए । समान्थाको मुखमा एउटा पूरै हरियो स्याउ फिट हुन्छ भने उनले ठूलो चिजबर्गर एकै पटक टोक्न सक्ने र मुखमा एक सम्पूर्ण ठूलो आकारको फ्रेन्च फ्राइज फिट गर्न सक्छिन् । 

समान्थाका टिकटकमा १७ लाख फलोअर्सहरू रहेका छन् । टिकटकमा राखेका भिडियोहरूमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरू अटाएको देख्न सकिन्छ ।  बाल्यकालदेखि सबैले मुख ठूलो भएको कारणले जिस्काउने हुँदा समान्था आफ्नो मुखको कारणले चर्चित हुन्छु भन्ने नसोचेको बताउँछिन् । (गिनिज वर्ल्ड रेकर्ड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *