प्रसस्त मात्रामा पानी पिउनाले हर्ट फेल हुनबाट बच्न सकिन्छ

प्रसस्त मात्रामा पानी पिउनाले हर्ट फेल हुनबाट बच्न सकिन्छ

दैनिक आठ गिलास पानी पिउने मानिसमा हर्ट फेल हुने जोखिम कम हुन्छ ।

२५ वर्ष सम्म १५ हजार सात सय ९२ जना मानिसहरूमा गरिएको एक अध्ययनअनुसार शरीरमा पानीको कमीले हर्ट फेल हुने जोखिम बढ्छ । रगतमा सोडियमको मात्रा जाँचेर शरीरमा पानीको कमी छ कि छैन भनेर थाहा पाउन सकिने हुँदा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका वैज्ञानिकले अनुसन्धानमा संलग्न भएका सबैको सिरम सोडियम स्तर जाँच गरेका थिए ।

शोधकर्ता नतालिया दिमित्रीभाका अनुसार अध्ययनले शरीरमा पर्याप्त पानीको मात्रा पुग्नाले हर्ट फेल निम्त्याउने मुटुको परिवर्तनलाई रोक्न सकिने देखाएको छ । सिरम सोडियमको स्तरमा वृद्धि तथा कमिले हर्ट फेलको जोखिमलाई पनि बढाउने वा घटाउने हुन्छ । 

शोधकर्ताका अनुसार एक मिलिमोल प्रतिलिटर सिरम सोडियमको कन्सन्ट्रेसनमा वृद्धि भए यसले हर्ट फेलको जोखिम १.११ गुणासम्म बढ्न सक्छ । सिरम सोडियमको स्तरलाई नियन्त्रण गर्नका लागि शरीरमा पानीको कमी पूरा गर्नुपर्ने सल्लाह दिइन्छ । यसबाहेक उमेर, कोलेस्ट्रोल, रक्तचाप, मोटोपना, मिर्गौलाको अवस्था र धुम्रपानले पनि हर्ट फेलको जोखिम बढाउँछ ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार सामान्यतया विशेषज्ञहरू एक व्यक्तिलाई दैनिक दुई लिटर पानी पिउन सुझाव दिन्छन् तर विगतमा धेरै अध्ययनबाट मानिसले पर्याप्त पानी नपिउने गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *