दैनिक ध्यान गर्दा एकाग्रता बढ्नमा मद्दत

दैनिक ध्यान गर्दा एकाग्रता बढ्नमा मद्दत

ध्यान (मेडिटेसन) ले एकाग्रता बढाउने अनुसन्धानबाट प्रमाणित भएको छ । 

न्युयोर्कको बिङ्गह्याम्टन युनिभर्सिटीका वैज्ञानिकहरूले आठ हप्तासम्म दैनिक ध्यान गर्ने १० जना विद्यार्थीमा गरेको अनुसन्धानबाट ध्यानले एकाग्रता बढाउने पुष्टि भएको हो । यी विद्यार्थी हप्ताको पाँच दिन दैनिक १० मिनेटका लागि ध्यान गर्ने गर्थे । अनुसन्धान सुरु गर्नुअगाडि र पछि, यी विद्यार्थीको दिमागको स्क्यान अर्थात् एमआरआई गरिएको थियो ।

एमआरआईको माध्यमबाट मस्तिष्कको काम गर्ने तरिका बुझिएको थियो । स्क्यानको रिपोर्टले देखाएअनुसार ध्यान गर्दा मस्तिष्कमा परिवर्तन आउँछ, जसले एकाग्रता बढाउन मद्दत गर्छ । अनुसन्धान अघि ध्यान नगर्दा उनीहरूको दिमाग एकाग्र नभएको तर, अनुसन्धानपछि मस्तिष्कमा एकाग्रता बढेको अध्ययले देखाएको छ ।

अनुसन्धानकर्ताका अनुसार ध्यानले मस्तिष्कको दुई कनेक्सनलाई जोड्छ, जसले एकाग्रतासँग सोच्न र ध्यान गर्नको लागि प्रेरित गर्छ । कुनै मानिसले मन लगाएर काम गर्दा ती दुई कनेक्सनले नै काम गर्ने जनाइएको दैनिक भास्करमा खबर छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *