नबिल बैंकले ल्यायो नबिल क्यास मसिन,पैसा डिपोजिट गर्न लाइन बस्नु नपर्ने

नबिल बैंकले लाइनमा बसेर पैसा डिपोजिट गर्नुपर्ने झन्झटलाई हटाउन नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ। जसरी पहिले एटीएम नहुँदा हामी पैसा झिक्न बैंकमा घण्टौं लाइनमा बस्थ्यौं ठिक त्यसरी नै अहिले पैसा डिपोजिट गर्न लाइन बस्नुपर्छ।
तर नबिल बैंकले एटीएमजस्तै नबिल क्यास मसिन प्रविधि ल्याएको छ। यसको मद्दतमा हामी केहीबेरमै चाहेजति पैसा डिपोजिट गर्न सक्छौं। नबिल बैंकले फेसबुक पेजमा यस विषयमा जानकारी दिएको छ।
बैंकले एउटा भिडिओ सार्वजनिक गरेको छ जहाँ हामीले हाम्रो एटीएम नबिल क्यास मसिनमा प्रयोग गर्नसक्छौं। त्यसपछि दिइएको जानकारी पछ्याउँदै हामीले पैसा डिपोजिट गर्ने भाडोमा पैसा राख्नसक्छौं। मेसिनले पैसा भित्र राख्छ र डिपोजिट भएको रसिद पनि दिन्छ।
कुनै पैसा भने मेसिनले नपढ्न सक्छ। त्यस्तो पैसा मेसिनले हामीलाई नै फिर्ता दिन्छ।