निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन

निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन

३ भदौ, काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।

एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई अनलाइन कक्षाको शुल्कमा १० प्रतिशत भन्दा बढी छुट दिन नसक्ने उल्लेख गरेका छन् । विद्यार्थीहरुले निजी कलेज सञ्चालकको भनाइप्रति आपत्ति जनाउँदै यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थान बोल्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *