वल्ड च्याम्पियनसिपको लागि कैलाश नाउ बेल्जियम प्रस्थान

वल्ड च्याम्पियनसिपको लागि कैलाश नाउ बेल्जियम प्रस्थान

ईश्वर राई,मलेसिया
मे १६ तारीख नेपालको प्रतिनिधित्व गर्दै 2019 World Beard and Moustache Championship मा प्रतिस्पर्धा गर्ने मलेसिया बाटै कैलाश नाउ बेल्जियम प्रस्थान गरेको हो । स्नोरेनक्लब आन्ट्वेरपेन बेल्जियमको आयोजनामा यस च्याम्पियनसिप मे १७,१८ र १९ तारीख आन्ट्वेरपेन बेल्जिया हुनेछ ।

मलेसियाका नेपाली राजदुत उदय राज पाण्डेले आफ्नै कार्य कक्षामा कैलाशलाई बिदाई गर्दै नेपाली झण्डा तथा सफलताको शुभकामना प्रदान गरेका थिए । तेसै गरि गैर आवासिय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आले र नेपाली ब्यबसायी समाज मलेसियाका सचिब बिपिन राईले पनि बिदाई गर्दै शुभकामना ब्यक्त गरेका थिए ।नवलपरासी सुनौल २ घर भै बिगत ९ बर्ष देखि कैलाशले मलेसियामा सौलुन ब्यबसाय संचालन गर्दै आएका छन । बिश्वमा आफ्नो छुटै पहिचान बनाउने होडमा ८ बर्ष देखि आफ्नो दाह्री र जुंगा पालेका हुन । उनको दाह्री र जुंगाको स्टाईल अरुको भन्दा फरक भएकोले यो च्यापियनसीप राम्रो स्थान जासिल गर्ने दाबि गरेका छन । २.५ फिट लामो दाह्री र जुंगालाई हात्तीको दाह्रा जस्तै ठाडो पार्दा निकै आकर्षक देखिन्छ । यहि आकर्षणको कारण नेपाल तथा मलेसियामा एक किसिमको सेलिब्रेटि नै बनेका छन ।

अमेरीका र युकेको २ पटक असफल प्रयास पछि वल्ड च्याम्पियनसिपमा सहभागी हुन छनोट भएकोमा खुसी ब्यक्त गर्दै आर्थिक सहयोगी म्याक्समोनी ट्रान्सफर मलेसिया साथै अन्य सहयोग र हौसला दिने सबैलाई धन्यबाद दिएका थिए ।उनले भने सफल हुने पुर्ण आशाका साथ जाँदै छु यदि यस पटक असफल भए पनि एक दिन देशको नाम उच्च ठाउमा राख्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *