हेर्नुहोस् नेपालका आयुष र प्रितमलाई यति ठूलो सफलता – भिडियो

हेर्नुहोस् नेपालका आयुष र प्रितमलाई यति ठूलो सफलता - भिडियो

नेपालका प्रितम आचार्य र आयूष केसीले भारतीय टेलिभिजनको गायन रियालिटी शोमा आफ्नो जादूमय क्षमता प्रदर्शन गरिरहेका छन् । उनीहरु ‘जीटिभी’ बाट प्रशारण हुने गायन रियालिटि कार्यक्रम ‘सारेगमप’ को टप ९ मा पुगेका छन्। आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्। गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् ।

१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।उनीहरुले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै आफनो यात्रा शोमा अगाडी बढाईरहेका छन् । उत्कृष्ट पर्फमरको रुपमा देखिँदै आएका प्रितम आचार्यको प्रस्तुतीलाई भारतीयहरुले पनि प्रशंसा गर्दै आएका छन् भने बलिउडका चर्चित कलाकारहरुले समेत उनको सामाजिक सञ्जालमाफर्त प्रशंसा गरिसकेका छन् । उता रोमाण्टिक अनि सफ्ट गीतमा निकै रुचाईएका आयुष केसीले पनि सबैको मन जितिरहेका छन् । यी दुबैले भारतीय प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिँदै नेपाल र नेपालीहरुको प्रतिनिधित्व जनाईरहेका छन् । यसबीचमा शोमा यी दुबै जना टप ९ मा पुग्न सफल भएका छन् । आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्। फ्रेब्रुअरी ९ बाट सुरु भएको “सारेगमप लिटिल च्याम्स” मा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् ।

अब उनीहरुलाई आगामी यात्राका लागि भोटको पनि आवश्यकता पर्नेछ।उनको प्रस्तुतीबाट चित खाएका जज तथा जुरीहरुले स्टेजमै प्रितमलाई बोकेका थिए । प्रितमले एकपछि अर्काे गर्दै चार्ट बस्टर पफर्मेन्स दिदै अन्य प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिईरहेका छन् ।जुन उनको लागि निकै सुखद हो । किनकी जति सय प्रतिशत ल्यायो त्यती नै शोमा अगाडी बढ्न उनलाई साहयता मिल्नेछ । जे होस सबै दर्शकहरुको मन जित्दै प्रितमले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *