नयाँ दुई प्रजातिका चरा भेटिए

नयाँ दुई प्रजातिका चरा भेटिए

रासस- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नयाँ दुई प्रजातिका चरा भेटिएका छन्। ती चराहरु अघिल्ला वर्षहरुमा भेटिएका थिएनन्। बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार यस वर्ष भेटिएका चरामा डोनलिन र नर्थेन ल्याकुन रहेका छन्। डोनलिन माडीको रिउ खोला र ल्याकुन दिव्यनगरको फार्मल्याण्डमा भेटिएको उहाँले जानकारी दिए। गत वर्ष देखिएका चार प्रजातिका चरा भने यस वर्ष देखिएनन्। यस वर्ष नयाँ दुईसहित ५३ प्रजातिका पानी चरा भेटिएका हुन्। गत वर्ष ५७ प्रजातिका चरा भेटिएका थिए ।            यस्तै गत वर्ष भेटिएका एभोसेट, हुग्लिगल, उटस्यान्ट पाइपर, ग्रेल्याकुम, प्यासिफिक गल्डेन प्लोओर र ब्ल्याक हेडेड इडिस भने यस वर्ष नभेटिएको बिडारीले बताए। यस क्षेत्रमा १६० प्रजातिका पानी चरा भेटिने गरेको तथ्याङ्क छ। हाल भेटिएका नयाँ चरा पनि अघिल्ला वर्षहरुमा भेटिएका चरामा पर्दछन्। नेपालमा पानी र बाहिर क्षेत्रमा गरी कूल ८८७ प्रजातिका चरा पाइन्छन्। तीमध्ये चितवन मात्रै ६४१ प्रजातिका चरा पाइन्छन्। नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *