नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्रीले सम्बोधन गर्दै

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौँ, ३ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकाे अगुवा कार्यकर्ता भेला गर्ने भएकाे छ । भेला शनिबार (आज) तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने भएको छ ।

ओली समूहको नेकपाले दाहाल-नेपाल समूहले कार्यकर्ताहरुमा भ्रम पुर्‍याएको भन्दै काठमाडौँमा प्रदेश १ का अगुवा कार्यकर्ता भेलाकाे आयोजना गरेको हो । भेलामा प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको स्रोतले जनाएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *