नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु, सीमा विवादको विषय उठाउने नेपालको तयारी

नयाँ दिल्ली, २ माघ । नेपाल–भारत संयुक्त आयोगको बैठक भारतको दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ । संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गरेका छन् । बैठकमा नेपालले कालापानीलगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि उठाउने तयारी गरिरहेको छ । कोरोना विरुद्धको खोपको सम्झौता पनि पनि यही बैठकमा हुने बताइएको छ । आयोगको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको १२ सदस्यीय नेपाली टोली सहभागी भएको छ ।