भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

काठमाडौं, २० पुष। भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो ।

विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ ।

कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।

खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाइ लगायतका पीडा हुने उनीहरुको भनाइ छ । सेरमको खोपले जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पूरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ । यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।

परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *