नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो-प्रधानमन्त्री ओली

नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो-प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् ।
अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ ।

त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको टिप्पणी गरेका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो राजीनामा माग्ने डा। बाबुराम भट्टराईलाई पनि जवाफ दिए । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।

उनले अघि भने, ‘यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु, जनताले इनफ, इनफ भन्छन् कहिलेकाहीँ ।

इनफ इनफ भनेपछि च्याम्बरलिनले छाडे जस्तो आफूले नछाड्ने संकेत गर्दै उनले भने, ‘एउटै जुत्ता सबै खुट्टामा मिल्दैन । यो च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि १९४० को जुत्ता नेपालीको खुट्टामा लगाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन ।बरु यस्ता प्रयासले तानाशाह जन्माउन सक्ने प्रधानमन्त्री ओलीले बताए । मार्कोस, इदयमिनलाई देखेको भन्दै उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *