नेकपा स्थायी कमिटीको निर्णय : प्रधानमन्त्री ओलीलाई अनूशासनको कारवाही

नेकपा स्थायी कमिटीको निर्णय : प्रधानमन्त्री ओलीलाई अनूशासनको कारवाही

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने निर्णय भएको पार्टी प्रवक्ता नाराययणकाजी श्रेष्ठले बताउनु भयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बविद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सो बिषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेर अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध कदम चालेको स्थायी कमिटीको ठहर छ । त्यसका लागि अब पार्टीले राजनीतिक र कानुनी उपचार गरिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । त्यस्तै आजको बैठकले पूर्व सभामुख कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसहित उहाँहरु पक्षका नेताहरुको मात्रै उपस्थिती रहेको बताइएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापा बादलको पनि उपस्थिती थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *