६ महिनादेखि बन्द रहेको कास्कीको पोखरा क्यानोनिङ शनिबारदेखि पुनः सञ्चालनमा

६ महिनादेखि बन्द रहेको कास्कीको पोखरा क्यानोनिङ शनिबारदेखि पुनः सञ्चालनमा

कास्की, २८ असोज । कोरोना महामारीको कारण करिव ६ महिनादेखि बन्द रहेको कास्कीको पोखरा क्यानोनिङ शनिवारदेखि पुनः सञ्चालनमा आएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको पोखरा क्यानोनिङ कोरोनाको कारण विगत ६ महिनादेखि बन्द थियो । सरकारले गरेको बन्दाबन्दीको कारण चैत ११ गतेदेखि बन्द रहेको क्यानोनिङ शनिबार देखि सुरु भएको पोखरा क्यानोनिङ सञ्चालक राम गुरुङले जानकारी दिए ।

कोरोनाको विकारल अवस्था अझै पनि छ । यसविचमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरि पुनः सुरु गरिएको संचालक गुरुङ बताउँछन । कोरोनाको कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै सुरक्षाको मापदण्ड पुरा गरि संयमता अपनाउदै खुलाउनुपर्ने बताए ।

 

बन्दा बन्दी हुनुभन्दा अघि आन्तरिक र बाह्य पर्यटकका लागि साहसिक गन्तव्यका रुपमा रहेको क्यानोनिङ स्वास्थ्य सुरक्षाको सम्पूर्ण प्रबन्ध सहित सञ्चालनमा ल्याएको सञ्चालक गुरुङले बताए ।

आर्थिक चलायमान नभएको यो अवस्थामा पर्यटन क्षेत्र सवै शिथिल छ । सुस्ताएको पर्यटन उकास्न अब लाग्नुपर्ने उनको धारणा छ । ‘साहसिक पर्यटनमा पछिल्लो समय आकर्षण बढ्दै थियो, त्यही बेला कोरोना महामारीले मारमा पारेकै हो, उनले भने अब बिस्तारै सुरक्षाको मापदण्ड पुरा गरि खाल्नुपर्छ भनेर हामीले शनिबार देखि पुनः सुरु गरेका छौं ।’

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डमा कुनै कमी कमजोरी नगरेको उनको भनाई छ । ‘हामीले क्यानोनिङ गर्न आउनेको लागि मास्क, सेनिटाईजरको प्रवन्ध आफैले गरेर आउन भनेका छौं, यदि ल्याउन बिर्सेको भएपनि हामीले यही उपलब्ध गराउछौं ।’ कोरोनाको कारण आफुले प्रयोग गर्ने निजी सामग्री पनि ल्याउन अनुरोध गरेको उनले बताए ।

क्यानोनिङ गर्दा केही गाह्रो अप्ठेरो पर्ला भनेर गाईडहरु तैनाथ अवस्थामा रहने गुरुङले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *