निर्मला काण्ड भन्दा पनि डरलाग्दो,प्रहरीको भनाइ यस्तो
प्रदेश २ नम्बर स्थित धनुषा जिल्लामा विहेभोज खान गएकी एक बालिकाको हत्या भएको छ । उनको जिउँदै जलाएर हत्या गरिएको आंशका गरिएको छ । आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा बिहीबार विहान १० बजे फेला परेको