राजनीति

एमसीसी पास गर्ने कि नगर्ने संसदले निर्णय गर्छ - प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए ।जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने छ’ भनिएको छ । एमसीसी परियोजनामा उल्लेख भएको आयोजनालाई नीति

27 Shares
प्रधानमन्त्री केपी शर्मा ओली: राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् ।प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए । यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास

128 Shares
नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो-प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ । त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग

11 Shares
कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ? -प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ । ‘क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स

46 Shares
एमसीसी: कार्यदलका संयोजक खनाल र सदस्य डा.रावलले प्रधानमन्त्री ओलीलाई बुझाए लिखित पत्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् र, एमसीसी सम्झौताका आयोजना जस्केलाबाट अघि बढाउन खोजेको हो भनेर प्रश्न गरेका छन् । नेपालको कार्यदलले एमसीसी सम्झौता संशोधन र परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने राय दिएको छ । कार्यदलको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल

28 Shares
एमसीसी पास गर्नुपर्छ भन्ने देउवालाई डा.भीम रावलले महाकाली सन्धि सम्झाए

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.भिम रावलले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले सभापति देउवालाई महाकाली सन्धि सम्झाएका छन् ।एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नुपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले

71 Shares
एमसीसी जारी अधिवेशनमा पेश गर्न र पारित गर्न देउवाको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता  शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति तथा कार्यक्रममार्फत कोरोनाले पारेको क्षति र दुःखको सम्बोधन गर्न असफल भएको बताए । सरकारको नीति तथा कार्यक्रमलाई कोरा कल्पनाको संज्ञा दिएका देउवाले नीति तथा कार्यक्रमले तीत सन्देश दिएको बताए । देउवाका अनुसार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका

93 Shares
सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?- देउवा

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्नसक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।कोरोनाका कारण मृत्युभएकी महिला, उनको परिवार, कोरोना परिक्षणको प्रतिक्षामा बसेका तथा प्रकोप बढ्दै गए स्थिति के होला भनेर त्रासमा बसेका नागरिकलाई सरकारले आफू अभिभावक

873 Shares
सरकारले त्यो बेला एक वर्ष भित्र बनाउछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन: देउवा(पूर्णपाठ)

४ जेठ, काठमाडौं । प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए । कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको देउवाले टिप्पणी गरे ।‘यो नीति तथा

49 Shares
कोहिलाई के को चटारो देउवालाई एमसीसी पास गर्न हतारो

कोरोनाका कहरका सन्त्रास फैलिएर दुनियाँको ध्यान एकातिर रहेका वेला प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भने एमसीसी पास गराउँने खसखसले औधी सताएको छ । देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्ने बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति

389 Shares