बच्चालाई किन भन्ने तिमीले सक्दैनौ
एउटा गाउँमा दुई बच्चा थिए खुब मिल्ने । एकसाथ खाने, खेल्ने, रमाउने । एक जनाको उमेर ८ बर्ष र अर्कोको ६ बर्ष । एकदिन उनीहरु खेल्दा खेल्दै घरबाट निकै टाढा पुगे । खेल्ने क्रममा घरबाट यति टाढा पुगेको उनीहरुले भेउ नै पाएनन् । त्यहाँ उनीहरु मस्त खेलिरहेका थिए । यस्तैमा एक बालक हठात खाल्डोमा लडे, जुन निकै गहिरो थियो । यसरी लड्ने बालक उमेरले ठूला थिए । अब उसलाई कसले