खेलकुद

अग्रिम शुभकामना सहित सेर गरौ: राष्ट्रिय महिला क्रिकेट टोली भोलि थाइल्यान्ड जाने

आईसीसी महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भोलि आईतबार थाइल्यान्ड जाने भएको छ । १० गते संयुक्त अरब इमिरेट्स (यूएइ)सँग,१२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा सहभागी हुन पाउनेछ । शुक्रबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएसँगै नेपाली टोली थाइल्यान्ड प्रस्थान गर्न लागेको

धनगढी प्रिमियर लिग: खेलमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित

धनगढी। धनगढी प्रिमियर लिगमा भैरहेको खेलमा काठमाडौं गोल्डेन्सले फेरि दोस्रो जित हात पारेको छ । क्रिकेटको बुधबार भएको पहिलो खेलमा काठमाडौँ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराएको हो । काठमाडौँले महेन्द्रनगरलाई ७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा महेन्द्रनगरको यो लगातार दोस्रो हार हो । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३४ रन बनायो ।उसका लागि अंकित दबासले ६५ रनको योगदान गरे

स्वर्ण पदक बिजयी बोहरालाई मलेसियाबाट बधाई तथा शुभकामना

काठमाडौं ।  काठमाडौंमा सम्पन्न राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७५ मा स्वर्ण पदक हासिल गर्न सफल कञ्चनपुरका डम्बर बोहराले अहिले चौतर्फी सम्मान तथा प्रशंसा पाइरहेको यो अबस्थामा सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाले पनि बधाई तथा शुभकामना दिएको छ । सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले स्वर्ण पदक बोहरालाई बधाई तथा शुभकामना दिएको छ । आज एक वक्तव्य निकाल्दै सो संस्थाले बोहरालाई बधाई तथा शुभकामना दिएको हो । सुदूरपश्चिमेली नेपाली समाज, मलेसियाका कार्यवाहक अध्यक्ष दिनेश

नेपाल गोजुरियो कराँते-दाे युजेनकाईको अध्यक्षमा कार्की र महासचिबमा चन्द सर्वसम्मत

काठ्माण्डाै २ भदौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको यो पहिलो साधारण सभा हो । गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयिन भएको हो जस्मा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको

पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई  २ स्वर्ण १ रजत र ४ कास्य

मलेसिया। मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न   ब्याडमिन्टन हलमा भएको पाचँ औ एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन् साथै नोर्बु बोम्जन तामाङले विलो ८४ केजी तौलमा स्वर्ण पदक जितेका छन् I त्यस्तै गोमा थापाले विलो ५३ केजीमा रजत पदक जितेकी छिन भने १३ वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक जितेका छन साथै दल बहादुर तामाङले पनि विलो ७५ केजिमा कास्य

अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्डोमा धामी र  तामाङ्गले नेपाललाई दिलाए कास्य पदक

मलेसिया। अर्राष्ट्रियब्याट्मिन्टन कवर्ड हल निलाई मलेसियामा भएको 3rd Gewinn Malaysia open international Taekwondo championship २०१८ नेपाली तेक्वान्दो दुई जान खेलाडी नोर्बु बोम्जन तामाङ सोनामले ह्याबी वईट ८० किलो प्लस्मा र ५८ किलो माईनस्मा तुलाराम धामीले कांस्य पदक हात पारेका छन । सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष समेत रहेका धामी हाल मलेसियामा कार्यरत छन् । यस 3rd Gewinn malaysia international open Taekwondo प्रतियोगितामा टिम कोचको भुमिकामा बिगत लामो समय देखि

नेपालका चार खेलाडी आइसिसीको बरियतामा

काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसिसीले जारी गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का र शरद भेषावकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् । ब्याटिङ्ग तर्फ शीर्षस्थानमा अष्ट्रेलियाका अाराेन फिन्च रहेका छन भने बलिङ तर्फ अफगास्थानका रसिद खान छन । ट्वेन्टी–ट्वेन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित

नेपाली टिमलाइ जितकाे शुभकामना

काठमाडौं– नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। यसअघि एकदिवसिय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो। पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ

नेपालकाे पहिलाे विकेट पतन

काठमाडौँ: नेदरल्यान्ड्सँगको पहिलो वान डे क्रिकेटमा नेपालले जवाफि ब्याटिङ गरिरहेकाे छ । नेदरल्याण्डले दिएकाे १९० रनकाे लक्ष्य पछ्याउने क्रममा नेपालले अाफ्नाे पहिलाे विकेट गुमाएकाे छ । पहिलाे विकेटका रुपमा नेपालका अाेपनर अनिस शाह २१ रनमा अाउट भएका हुन । ताजा अवस्थामा नेपालले १२.२ अाेभरमा १ विकेटकाे क्षतिमा ५८ रन बनाएर खेलिरहेकाे छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्डले ४७.४ अाेभरमा अलअाउट हुदै नेपाल सामु १९० रनकाे लक्ष्य पेस गरेकाे

नेदरल्याण्ड बिरूद्ध नेपालकाे उत्कृष्ट बलिङ

काठमाडौँ: नेदरल्यान्ड्सँगको पहिलो वान डे क्रिकेटमा नेपाललाई उत्कृष्ट पर्दर्शन गरेकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड ४७.४ अाेभरमा अलअाउट भएकाे हाे ।नेदरल्याण्डले अलअाउट हुदै नेपाल सामु १९० रनकाे दक्ष्य पेस गरेकाे छ । कप्तान पारसले ४ विकेट लिई सकेका छन् । यो समचार तयार पार्न सम्म नेदरल्यान्ड्सले ९ विकेट गुमाएर ४७ ओभरमा १८६ रन बनाएको छ । नेपालका लागि साेमपाल कामीले ३ लिएका छन भने स्पिनर बसन्त रेग्मी