अभिनेत्री श्वेता खड्काले स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल बनाउँदै (भिडियो)

अभिनेत्री श्वेता खड्काले स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल बनाउँदै (भिडियो)

काठमाडौं १९ फागुन / चर्चित अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । आज बिहान अस्पताल भवनको शिलान्यास गर्दै नायिका खड्का भन्छिन् : “अबदेखि कसैले पनि क्यानसर बाट ज्यान गुमाउनु नपरोस् ।दैवको लिला विवाह गरेको महिना दिन नबित्दै श्रीमानलाई क्यान्सरले चुडेर लगेपछि नायिका श्वेता खड्काले श्रीमान जस्तै अरुले पनि अकालमै ज्यान नपरोस भन्ने उदेश्यले क्यान्सर अस्पताल निर्माण गर्न लागेको बताए ।

उक्त हस्पिटलमार्फत आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका बिरामीहरूलाई विशेष सेवा पु¥याउने सोच छ। साथै, माझी बस्ती पूरा भएपछि चाहिँ फ्ल्मि निर्माण गर्ने बताए ।नेसनल क्यान्सर हस्पिटलसँग सहकार्य गर्दै क्यान्सरका बिरामीहरूको उपचारका लागि सहयोग गर्ने हिसाबले भवन निर्माण गर्ने योजना छ। निर्माण हुने भवनको आज १९ गते शिल्यान्यास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *