झुप्री भण्डारीको यथार्थता हो भोगाइ हो र एउटा दर्द*नाक जिन्दगी हो-भिडियो

झुप्री भण्डारीको यथार्थता हो भोगाइ हो र एउटा दर्द*नाक जिन्दगी हो-भिडियो

काठमाडौँ । चर्चित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी दृ*ष्टिविहीन नवगायिका झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा आएको छ । झुप्रीको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सडक मिडियामार्फत् बजारमा ल्याइएको छ ।

झुप्रीले आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। देउडा गायक पाण्डव विष्टको पुरानो भाका ‘वचपनको मुले’ बोलको गीतबाट लिइएको छ। विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङले खिचेका हुन् ।

गीत आएसँगै झुप्रीले भनिन्, आँखा देख्ने भए, मलाई हेप्ने समाज हेर्ने थिएँ । दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन् । झुप्रीलाई कमलप्रसाद भण्डारीले द भोइस अफ नेपाल सम्म ल्याएका थिए । उनले कार्यक्रममा नै आफूलाई कमलले मात्र माया गर्ने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *