सुदुरपश्चिमेली नेपाली समाज जापानको अधिवेशन फ्रेबुअरी’२३ मा हुने

सुदुरपश्चिमेली नेपाली समाज जापानको अधिवेशन फ्रेबुअरी'२३ मा हुने

जापान-सुदुरपश्चिमेली नेपाली समाज जापानको छैठौं अधिवेशन टोकियोमा आयोजना गरिने भएको छ ।फेब्रुअरी २३ तारिख आइतबारका दिन टोकियोको ओकुबो स्थित नेवा डाइनिङको कार्यक्रम हलमा आयोजना गरिने सुदुरपश्चिम समाजले जनाएको छ। अधिवेशन दुई चरणमा बिभाजन गरिएको छ।पहिलो चरणमा बन्द सत्र र दोस्रो चरणमा खुल्ला सत्रको आयोजना गरिएको छ।बन्द सत्र कार्यक्रम बिहान नौ बजेदेखि शुरु हुने र खुल्ला सत्र अपराहन्न तीन बजे शुरु गरी पाच बजे समापन गरिने समाजका अध्यक्ष एकेन्द्र थापाले जानकारी दिए।

अधिवेशन सफल पार्न समाजले बिभिन्न समितिहरुको पनि गठन गरेको छ। जसमा निर्वाचन समिति ,ब्यवस्थापन समिति ,प्रचार प्रसार समिति र सदस्यता बितरण तथा बिस्तार समिति लगायत रहेका छन।समाजका पूर्व अध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा आशिष रावल ,बिष्णु भट्ट र नृप बुढा सदस्य रहेको तीन सदस्यिय निर्वाचन समितिको गठन गरिएको छ भने समाजका अध्यक्ष एकेन्द्र थापाको संयोजकत्वमा दिनेश अधिकारी,प्रकाश जोशी टक्कर कुँवर र कृष्ण कोइराला सदस्य रहेको ब्यवस्थापन समितिको गठन गरिएको छ ।समाजका संरक्षक डास्भरतसिंह नेगीको संयोजकत्वमा भुवनशंकर भट्ट ,एचबी ताम्राकार ,मदन साउद ,मोहन मडै र बिनोद चन्द सदस्य रहेको प्रचार प्रसार समितिको गठन गरिएको छ।त्यसैगरी सदस्यता बितरण तथा बिस्तार समितिको संयोजकमा समाजका सल्लाहकार पदमसिंह ठगुन्नालाई जिम्मेवारी दिइएको जानकारी समाजले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *