एसएसपी लोहनीले गरे पत्रकारलाई लात्ती प्रहार

एसएसपी लोहनीले गरे पत्रकारलाई लात्ती प्रहार

काठमाडौँ: पछिल्लो समय निकै चासोको रुपमा हेरिएको र चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरणमा फेरी अर्को घटना घटेको छ। सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।

अनुसन्धानका क्रममा मोरङ जिल्ला अदालतबाट निस्किने क्रममा एसएसपी लोहनीले पत्रकार प्रतिनिधि ध्रुव भट्टराई र सुमन सुस्केरालाई हातपात गरेका हुन् ।

अदालतमा पुगेर अभियुक्तहरुको तस्वीर लिन खोज्दा आफूहरुमाथि लोहनी जाइलागेको पीडित पत्रकारहरुले बताएका छन् ।

सुन काण्डमा प्रहरी अधिकारीहरू लोहनीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरूद्ध मुद्दा दर्ता भएको छ । लोहनी बुधबारमात्रै पक्राउ परेका थिए ।

बुधबार सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।

सुन काण्डमा मुछिएपछि लोहनीलाई अपराध मशाखाको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *