६ महिना लिभिङ्ग टुगेदर: बिचल्ली पारेर केटा हराए, रुँदै मिडियामा युवती-भिडियो हेर्नुस्

६ महिना लिभिङ्ग टुगेदर: बिचल्ली पारेर केटा हराए, रुँदै मिडियामा युवती-भिडियो हेर्नुस्

काठमाडौं । फेसवुक म्यासेन्जरमा सामान्य कुराकानी हुन्छ । विस्तारै त्यो सामान्य कुराकानी असामान्य हुँदै जान्छ । उनीहरु फेसवुक म्यासेन्जरवाट नजिक भएका उनीहरु प्रेममा पुग्छन् । भेटघाट हुन्छ र विवाह गर्ने भन्दै ६ महिना संगै एउटा कोठामा बस्छन् । तर केही दिन यता उनी आफ्नो दिदीको घर जान भन्दै हिडेका उनी अहिले कहाँ छन् थाहा छैन ।मनमाया तामागं र भिम सुवेदीबीचको सम्बन्धमा यस्ता कहानी भएको हो । मनमायाको घर नुवाकोट हो भने भिमको घर उदयपुर भालमन्दी हो । विवाह गर्ने सल्लाहले नै कोठा लिएर बसेका उनीहरुको चिनजान फेसवुक मार्फत भएको हो । जतिवेला फेसवुकमा कुराकानी हुन्थ्यो भिम विदेशमा थिए । उनी विदेश वहराइनवाट नेपाल आएपछि विवाह गरेर संगै बसेका हुन् । तर उनीहरुको औपचारीक विवाह भएको कुनै प्रमाण भने छैनन् । सुरुमा भिमले आफु विवाहित भएको भनेर मनमायालाई भनेका थिए तर भिमको विवाह भएको रहेनछ ।

विवाह भए पनि मेरो श्रीमतीको निधन भएको ५ वर्ष भइसकेको भनेर भिमले मनमायाले भनेका थिए । अहिले २ महिना यता भिमसंग कुराकानी समेत हुन नपाएको मनमायाले बताइन् । अहिले इमोमा पनि आफुलाई ब्लक गरेको बताइन् । विदेशमा भिमसंगै बस्ने साथी उनको फेसवुकमा साथी थिए । उनै साथी मार्फत भिम म्यासेन्जरमा चिनजान हुन आएका थिए ।फेसवुक मार्फत चिनजान भएपछि उनीहरुबीच अन्य ब्यवहारीक कुरा हुन थालेपछि प्रेम भएको उनले बताइन् । मनमायाले अहिले भने भिमको आफुजस्तै अन्य केटीहरुसंग पनि सम्पर्क हुने गरेको र आफुलाई जस्तै ब्यवहार गर्ने गरेको थाहा पाएको बताइन् । भिमको लगाउने र ओढ्ने ओच्छ्याउने लुगा धेरै सबै सामान कोठामै छन् । भिमले आफ्नो श्रीमती भन्दै कोठामा साथीहरु पनि ल्याएका थिए । साथीलाई पनि सबैकुरा थाहा भएको उनको भनाई छ ।

भिमको साथीहरु पनि चिन्तित भएको मनमायाले बताइन् । साथीहरुले भिमले त्यस्तो गर्लान् भन्ने आफुहरुलाई पनि नलागेको आफुलाई भनेको मनमायाले बताइन् । अहिले भिम दुवई पुगेको थाहा पाएको बताइन् । आफुलाई कोठामा एक्लै छोडेर भिम दुवई पुगीसकेको थाहा पाएको बताइन् । उनले अब भिमसंग प्रत्यक्ष भेटेर किन यसरी धोका दियौ भनेर सोध्न मन लागेको बताइन् ।etajakhabarbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *