रविलाई दियो अदालतले न्याय!भावुक हुँदै रविले दिए समर्थकलाई यस्तो शन्देस(भिडियो हेर्नुस्)

रविलाई  दियो अदालतले न्याय!भावुक हुँदै रविले दिए समर्थकलाई यस्तो शन्देस(भिडियो हेर्नुस्)

देह त्याग दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी देह त्यागवारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ देह त्याग दु रु त्साहन मु द्दा दायर भएको थियो। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। पत्रकार पुडासैनीको गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा श व भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *