अन्तराष्ट्रीय मिडियाले छापेको होईन!मन्त्री भट्टराई र आयोजकको कमजोरी ५०/५०

अन्तराष्ट्रीय मिडियाले छापेको होईन!मन्त्री भट्टराई र आयोजकको कमजोरी ५०/५०

एचबी ताम्राकार,जापान सिड्नी शहरका सुरक्षाकर्मीहरूले नेपाल पर्यटन वर्ष २०२० लाई अझै विश्वव्यापी बनाउन र अष्ट्रेलियन नागरिकलाई नेपाल जान प्रेरिता गर्न आयोजना गरेको कार्यक्रम र सिडनीको जुलुस रोकेको होईन् जानकारी लिन खोजेको मात्र हो । यो जुलुसको नेतृत्व प्रर्यटन मन्त्री योगेश भट्टराईले गरेका थिए ।सिडनी कै ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान पहिला नै आयोजकले कारण देखाउदै स्वीकृति लिनुपर्ने हुन्छ ।तर नेपाली पक्षले उक्त स्वीकृति लिएको थिएन।यो महा गल्ती आयोजकले गरेकै हुन् । अष्ट्रेलियामा अहिले जंगलमा आगो लागेर ५० करोड भन्दा बढी जनावर मरिसकेका छन् । अष्ट्रेलिया लगायत विश्वंभर शोक मनाईरहेका बेला मन्त्री योगेश भट्टराईले यो कार्यक्रम तत्काललाई रोकेर अष्ट्रेलियाको पछिल्लो घटनालाई मध्यनजर गर्दै पछि गर्नेगरी निर्णय लिएका भए राम्रो हुने थियो ।

साउथ एशिया डट कम डट एयु अन्तराष्ट्रीय स्थरको मिडिया होईन् । यो त नेपालीले नै चलाएको अनलाई मिडिया हो ।यस बारे मैले मित्र विजय सापकोटा जी बाट राम्रोसंग बुझ्ने मौका पाए ।जुन हल्ला बाहिर छ , त्यो भन्दा अलि फ़र्क़ छ घटना । अन्तराष्ट्रीयकरण गर्ने प्रयास साउथ एशिया डट कम डट एयुले गरेको जस्तो देखिन्छ । यदि यो न्युज अत्यधिक भाईरल भयो भने अष्ट्रेलियाका मीडियाले पनि फ्लो गर्न सक्ने छ ।अंग्रेज़ी अनलाईनले यसरी छाप्नुपनि नेपालको घटनालाई अन्तराष्ट्रीयकरण गर्नु नै हो ।नेपाल बाट अष्ट्रेलिया जानु अगाडी पुरै नबुझेर जादा समस्या देखिन पुगेको छ । सिडनी मात्र होईन् पुरै अष्ट्रेलिया चिन्तित भएका बेला यस्ता कार्यक्रम हरु रोक्नु पर्थ्यो । यो कुराले नेपालको व्यईजत गर्नेहरुलाई पक्कै पनि मलजल पुग्न सक्छ ।त्यहा को बारेमा पुरै बुझ्दा जुलुस रोकेको नभएर ओपेरा भित्र लोगो सहितका झण्डा र व्यानर मात्र अनुमति विना लग्न नपाउने मात्र हो ।आयोजको गल्तिले निम्त्याएको यो घटना बारे सवैलाई स्पष्ट पार्नु पर्छ भनेर मैले पनि केहि जानकारी दिने प्रयास गरेको हु ।

यो समयमा आगलागीका कारण अष्ट्रेलियामा सुरक्षा थ्रेड छ ।स्वास्थ्य अवस्थामा पनि गम्भिर समस्या आउन सक्ने कुरा अन्तराष्ट्रीय संचार माध्यमले जनाएका छन् ।यति ठुलो पिडामा अष्ट्रेलिया छ । यो समयमा अष्ट्रेलियाको समस्यासंग संगै हुने बेला हो ।यस्तो बिषयमा नेपाल सरकार गम्भिर हुनुपर्छ ।मौन धारण गर्दै मा प्रयाप्त हुने होईन् । मन्त्री ज्यु लगायत सिडनी मा आउनु भएको केहि समूह भेला भएर शोक धारण गरेर आफ्नो स्वार्थ पुरा गर्ने गरी नौटङ्गी पाराको खेल देखाउनु परिपक्क निर्णय होईन् ।अष्ट्रेलिया भन्दा टाढा छु तर मेरो भावनात्मक देखी कार्यगत सम्बन्ध छ । २ वर्ष मेरा मित्र तथा अष्ट्रेलियाका प्रधानमन्त्री का सल्लाकार तथा सिसाका निवर्तमान अध्यक्ष विजय सापकोटा जी संग नजिकबाट काम गर्ने मौक़ा पाएकालेपनि त्यहाको बारेमा निरन्तर जानकारी लिइनै रहेको हुन्छु ।आजमात्र तुरुन्त अष्ट्रेलियामा रहेका मेरा मित्र विजय सापकोटा जी ले मलाई जानकारी गराए अनुसार अष्ट्रेलिया अहिले ठुलो पिडामा छ ।
बाहिर खुल्ला रुपले हिड्न असजिलो छ कीनकी वाताबरण मा गम्भिर असर पुगेको छ ।

यो समयमा अलि मानवियता देखाउनु पर्छ ।५० करोड जनावर मर्नु , जंगल पुरै सखाप हुनु , कति मान्छेहरु मृत्यु हुनु , आगो अझै नियन्त्र मा नआउनु दुखद कुराहरु हुन् । यस्तो विषयमा नेपाली राजदुताबास , आयोजक टिम र प्रर्यटन मन्त्रालय सवै जानकार हुनुपर्छ र समस अनुसार कार्यक्रम गर्नुपर्ने हुन्छ ।केहि समय अगाडी इरानमा महङ्गाई विरुद्ध आन्दोलन थियो ।अमेरिकाले इरानका दनरल सुलेमानी लाई मारेपछी अहिले त्यो आन्दोलनले नयॉं रुप लिदै पुरै सुलेमानीको हत्याको विरुद्ध मात्र अगाडी बढेको छ । त्यसैले समय अनुसार कदम नचाल्दा सिड्नी मा घटेका घटनाहरु घट्न सक्छन् ।सिड्नीको औपचारिक कार्यक्रम सकिएपछि सहभागीहरूले नेपालको झन्डा र भिजिट नेपालको ब्यानर बोकेर र्‍यालीसहित ओपेरा हाउसतिर गएको कुरा सत्य हो। र्‍यालीमा मन्त्री योगेश भट्टराई पनि सहभागी थिए।ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान पहिला नै स्वीकृति लिनु पर्थ्यो तर गम्भिर त्रुटि आयोजकले गरेकै हो । तर नेपाली पक्षले उक्त स्वीकृति किन लिएन ? उनिहरुलाई कार्वाही गर्नुपर्छ ।मन्त्री को मात्र व्यईजत होईन् , देशकै व्यईजत गर्ने अधिकार कसैलाईपनि छैन् ।

मैले पुरै घटना बुझे अनुसार , झन्डा र ब्यानर बोकेका मानिसभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेर के-को झन्डा हो? किन ल्याएको? भनेर सोधेका थिए । अनुमतिबिना भित्र लिन नपाइने भएपछि र्‍यालीमा गएकाहरूले झन्डा र ब्यानरलाई बाहिरै छोडेका थिए।यस्ता घटना आगामी दिनमा नघटुन् । सवै सचेत बनौ । घैटोमा घाम लागोस् । यदि घाम लाग्दैन् भने आजकैदिनबाट यस्ता कार्यक्रम आयोजना गर्नेपनि छोडिदिनुस् ।अष्ट्रेलिया का पुरै जनतालाई यस दुखद घडीमा भगवानले शक्ति दिउन् । नेपाल र नेपाली सधै हरेक मानको दुखमा बलियो भएर साथ दिदै निरन्तर उभ्भिनै रहने छ । सकरात्मक बनौ । आलोचना गर्ने नाममा देशकै बदनाम गर्न हात धोएर कोहिपनि नलागौ ।

जय देश, जय स्वाभिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *