तेस्रो विश्व युद्ध नहुनदिन् अमेरिका-इरानलाई शक्ति राष्ट्रहरु सम्झाउ-एचबी ताम्राकार

तेस्रो विश्व युद्ध नहुनदिन् अमेरिका-इरानलाई शक्ति राष्ट्रहरु सम्झाउ-एचबी ताम्राकार

एचबी ताम्राकार-जापान- इरानका जनरल क़ासिम सुलेमानी को हत्या अमेरिकाले बग़दादमा गरेपछी अब इरानले यसको जवाफ अमेरिकालाई कडा रुपमा आक्रमण गरेरै दिने निधो गरेको छ । यो भन्दा अगाडी जतिपनि हमला इरानमाथी भएका छन् त्यसको बदला इरानले लिएको छ।ब्रिटेनले इरानको Oil Tanker रोकेको निहुमा इरानलेपनि ब्रिटेनको Oil Tanker तुरुन्त रोकेर जवाफ दिएका थियो। त्यसपछी साउदी अरबियाँ र युएई विरुद्ध पनि एक्सन लिएको थियो । इरान अन्य देशहरु जस्तो कम्जोर राष्ट्र होईन् । चिन र रुस जस्ता शक्तिशाली राष्ट्रहरु इरानको पक्षमा पहिलेदेखी नै देखिन्छन्।अहिले परिस्थिति यस्तो बनेको छ की वर्तमान अमेरिकी राष्ट्रपति तत्कालीन अमेरिकी राष्ट्रपति ओबामा जस्ता सान्त शैलीका छैनन् ।

ओबामा टेलिफोन गरेर वा अन्य कुटनैतिक सम्बन्ध बाट दुई देशको तनाब हटाउने प्रयास गर्थे ।तर , ट्रम्प अलि क्रान्तिकारी स्वभाव का छन् ।एकदमै आक्रामक शैलीका डोनाल्ड ट्रम्पले इरानलाई ट्वीट मार्फत कडा चेतावनी निरन्तर दिइनैरहेका छन् ।ट्रम्पको चेतावनीलाई सजिलैसंग लिदै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य समेत तोकेको छ । ट्रम्पको टाउकाको मूल्य र आफ्नो देशको नागरिकको जनसंख्या बराबर बनाएका छन् ।८० मिलियन अमेरिकी डलर भनेको ९ अर्व नेपाली रुपैया पर्न जान्छ । ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८० मिलियन अमेरीकी डलर दिने बताएको छ । यो खबरले विश्व तातेको छ ।यो शैली इरानी सुप्रीम लिडर अली खामेनीको अति नै विद्रोही शैली हो ।अमेरिका- इरान विच अहिलेसम्म कै ख़तरनाक शैली देखिन्छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका ५२ स्थानहरु अमेरिकाले टार्गेट गरेकाले इरानलाई सुलेमानीको हत्यापछी कुनै पनि आक्रमण नगर्न चेतावनी दिएको छ ।यदि आक्रमण गरे अमेरिकाले नयॉं ब्राण्डका हतियारहरुलाई इरानसंग परिचय गराउने चेतावनी पनि दिएको छ । यसले दुई देशबिच मात्र नभएर विश्वलाई नै दुई भागमा विभाजित गर्ने र विश्व युद्ध हुनसक्ने आँकलन गरिन्छ ।जापानको अमेरिका र इरानसंग राम्रो सम्बन्ध छ । केहि समय अगाडी जापानीज प्रधानमंत्री आब्बे र इरानका सुप्रीम लिडर अली खामेनी विच भेटघाट पनि भएको थियो ।

अहिलेपनि आब्बे दुवै देशलाई सान्त पार्ने प्रयासमै छन्। भारतको पनि अमेरिका र इरानसंग राम्रो सम्बन्ध छ । युरोपियन युनियन , रुस लगायत ले अमेरिकी कदमको पछिल्लो समय सांकेतिक रुपले विरोध पनि गरिरहेका छन्।पाकिस्तान र भारतपनि एकअर्काका दोस्मन जस्तै भएका छन् । जम्मू -कस्मिरलाई लिएर पाकिस्तान भारत बिरुद्ध आक्रामक भइरहेका बेला उता अमेरिका र इरान बिचको द्धन्द्ध ले नयॉं रुप लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सुप्रीम लिडर अली खामेनी आक्रामक शैलीका छन् । दुवै शक्तिशाली भएकाले दुवैमा ख़तरनाक दम्ब देखिन्छ ।अन्तराष्ट्रीय समुदायले विश्व मानव सभ्यताको रक्षा गर्नु छ भने अमेरिका-इरानको द्धन्द्ध लाई साम्य पार्न विशेष भूमिका खेल्नुपर्छ ।गौतम बुद्धको संदेश अझै व्यापक बनाउन नेपालको भुमिकालाई विशेष सम्मान र स्थान दिनुपर्छ ।विश्व शक्ति राष्ट्रहरु यदि २ कित्तामा बिभाजित भए भने तेस्रो विश्व युद्ध हुनेछ् । विश्वको अस्तित्व नै धरापमा पर्न सक्छ । इरान आफ्नो होनहार व्यक्तित्व गुमाएकोमा अत्यन्तै आक्रामक देखिन्छ ।उसले आफ्नो मस्जिदमा रातो झण्डा गाडेको छ । सयौ वर्षपछी गाडेको रातो झण्डाले अब युद्ध कालागि सवै तयार बनौ भन्दै आफ्ना नागरिकलाई अलर्ट गर्न खोजेको देखिन्छ ।नेपाल सान्ति र समृद्धिलाई सम्मान गर्ने राष्ट्र भएकाले सवैलाई गौतम बुद्धको सान्तिको बाटोमा हिड्न आग्रह गर्दछ ।अमेरिका र इरान विचको तनावले विश्वलाई त्रसित बनाएको छ ।यो क्षणमा अन्य शक्ति राष्ट्र हरु दुवैलाई उक्साउने भन्दा दन्किएको आगोलाई निभाउने प्रयास गरुन् । शक्तिको प्रर्दशन होईन् , बरु त्यो शक्ति गरिव राष्ट्रहरुकालागि खर्चेर गरिव नागरिकलाई माथी उठाउन विश्वको ध्यान आकर्षित बनोस् ।

जय देश, जय स्वाभिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *