नेपाल तामाङ कलाकार संघ मलेसियाको प्रथम अधिवेशन सम्पन्न! अध्यक्षमा फुर्वा दोर्जे तामाङ

नेपाल तामाङ कलाकार संघ मलेसियाको प्रथम अधिवेशन सम्पन्न! अध्यक्षमा फुर्वा दोर्जे तामाङ

मलेसिया ।नेपाल तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब सम्पन्न भएको छ। कार्यक्रम आज आइतबारको दिन होटेल ग्राण्ड कन्टिनेटलमा भब्यताको साथ सम्पन्न भएको हो।नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबाको विशेष अतिथिमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई उदघाटन गरिएको थियो।प्रवासमा रहेर पनि गीत,संगीतलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले स्थापना गरिएको संस्थाको बार्षिकोत्सब कार्यक्रममा विभिन्न संघ संस्थाको पदाधिकारी,पत्रकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा तामाङ भाषाको गीत,नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थिए ।पहिलो अधिबेशनबाट कमिटीको अध्यक्षमा फुर्बा दोर्जे मोक्तान तामाङ पुन निर्बाचित भएका छन् ।

संरक्षकमा जगत दोङ तामाङ, प्र.सल्लाहकार कोष बोम्जन तामाङ, सल्लाहकार मिङमार मोक्तान तामाङ, ब.उपाध्यक्ष तेन्जिङ लो तामाङ,म.उपाध्यक्ष साईली माया थिङ तामाङ(सन्जना), उपाध्यक्ष सोनम दोङ तामाङ, महासचिव अमिर लोप्चन तामाङ,सचिव सुमन पाखृन तामाङ, सह-सचिब सिन्धु थोक तामाङ,कोषाध्यक्ष छेवाङ पाखृन तामाङ, सह-कोषाध्यक्ष दिपक थिङ तामाङ र स.सदस्यहरुमा प्रविन मोक्तान तामाङ, जिवन थोकर तामाङ,नवीन लुङ्बा तामाङ, टुल्कु वाईबा तामाङ,रोहित मोक्तान तामाङ,सरोज बोम्जन तामाङ, दिनेश बल तामाङ, रिक्देन पाखृन तामाङ, मनिषा स्याङतान तामाङ, राजु योन्जन तामाङ, सानू माया स्याङतान, मनिषा स्याङतान तामाङ,पाल्साङ तितुङ तामाङ, सरिल तितुङ तामाङ,बिलाब गोले तामाङ, देवान योन्जन तामाङ,सबिन योन्जन तामाङ, सुबास योन्जन तामाङ, सुमित स्याङतान तामाङ, सबिना लोप्चन तामाङ, सनिता थिङ तामाङ, ज्ञान धोज बोम्जन तामाङ र छविलाल बोम्जन तामाङ चयन भएका छन् ।कार्यक्रम संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *