जनउद्धार केन्द्र मलेसिया एक पछि अर्को महान कार्यमा सफलता! पिडितहरुको भगवान् बन्दै

जनउद्धार केन्द्र मलेसिया एक पछि अर्को महान कार्यमा सफलता! पिडितहरुको भगवान् बन्दै

मलेसिया।जनउद्धार केन्द्र मलेसियाले फेरि विभिन्न स्थानमा रहेका सात जना नेपाली श्रमिकहरुको उद्धार गरेको छ । लामो समयसम्म बन्दी जीवन काटि घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकहरुको उद्धार गरि बिहिबार मलेसियाको समय रातिको७:१०बजेको मलिण्डो एयरलाईन्सबाट स्वदेश फर्ता गराएको जनउद्धार केन्द्र मलेसियाका सचिव शँकर देव आचार्यले बताउनु भएको छ ।

मलेसिया पेनाङ जुरु क्याम्पबाट नवलपरासीका भिम बहादुर थापामगर , रामेछापका चक्र बहादुर तामाङ् , नुवाकोटका ठाकुर तामाङ् , र सप्तरिका कृष्ण सरदार रहेका छन् भने त्यस्तै जोहोरबारु पेकनानस क्याम्पबाट सिराहाका प्रमोद कुमार यादब, रहेका छन् यादवको घरफिर्ती केन्द्र देखि उडान सम्म सम्पुर्ण खर्च जनउद्धार केन्द्र आफैंले गरेको छ ।१३ डिसेम्बर को दिन जाजरकोटका गोकर्ण बहादुर परियारलाई एअरपोर्ट लोकापबाट उद्धार गरि स्वदेश फर्काउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो यसैगरि १८ डिसेम्बरमा सल्यानका नवीन परियार लाई पनि ब्लान्तिक क्याम्पबाट उद्धार गरेको थियो ।

यस अभियानलाई साथ सपोर्ट गर्ने नेपाली दूतावास मलेसिया र हामिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा जानकारी गराए सहयोग गर्नु हुने शुभचिन्तक, पिडित परिवार लगायत सम्पूर्ण नेपालीहरुलाई जनउद्धार केन्द्र मलेसियाले हार्दिक धन्यवाद समेत दिएको छ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत राखिएको सचिव आर्चायले बताउनु भयो । यस महान कार्यको लागि सुदुर नेपालको तर्फबाट हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *