आफु हारेपनि कांग्रेस उम्मेदवार खेमराजले दिए विद्यालाई बधाई र आशिर्वाद

आफु हारेपनि कांग्रेस उम्मेदवार खेमराजले दिए विद्यालाई बधाई र आशिर्वाद

कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। काठमाडौं, १५ मंसिर । कास्की २ का को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् । पौडेलले उपनिर्वाचनमा पराजय भएको स्वीकार गर्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत विद्यालाई वधाई दिएका हुन् ।खेमराजले मतपरिणाम सार्वजनिक नहुँदै विद्यालाई वधाई दिएका हुन् । उनले विद्यालाई बधाई दिँदा तीन वटा वडाको परिणाम सार्वजनिक हुन बाँकी नै थियो । आफ्नो ट्विटरबाट पौडेलले पराजय स्वीकार गर्दै भट्टराईलाई बधाई दिएका हुन्। उनले लेखेका छन् ुसम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ, विजयी नानीलाई हृदयले बधाई ! राम्रो गर्नु।

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । कास्की-२ मा ६३।४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्‍नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायत २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घ टनामा निधन भएपछि कास्की-२ बाट प्रतिनिधि सभाको एक सिट रिक्त भएको थियो । सो पदमा स्व। रविन्द्र पत्नी विद्या विजयी भएकी हुन् ।कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो।विद्या रवीन्द्रकी पत्नी हुन्। उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन् ।विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *