नेपाल तामाङ घेदुङ क्षेत्रिय समिति पेनाङ मलेसियाको पहिलो अधिबेशन उदघाटन आज

नेपाल तामाङ घेदुङ क्षेत्रिय समिति पेनाङ मलेसियाको पहिलो अधिबेशन उदघाटन आज

मलेसिया। नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको पहिलो ऐतिहासिक अधिबेशनको उदघाटन नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख आतिथिमा आज हुने अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।

२०१९ जुलाई २१ तारिख मलेसियाको राजधानी क्वालालम्पुरमा पहिलो ऐतिहासिक एक्ता अधिवेशन सम्पन्न गरिसकेको घेदुङ मलेसियाले हाल विभिन्न राज्यमा आफ्नो समिति बिस्तार गर्ने क्रममा मलेसियाको पेनाङ राज्यमा पनि क्षेत्रीय समिति बिस्तार गर्ने निर्णय संगै यो अधिवेशन हुन लागेको हो ।“विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिबेशन मलेसियाको पेनाङ स्थित सनवाई होटलमा गर्ने सम्पुर्ण तयारी पुरा भएको रामकाजि तामाङले जानकारी दिनुभएको छ ।

नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको अयोजनामा हुन लागेको अधिवेशनमा नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख आतिथिमा हुने कार्यक्रमको साथै वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष तामाङले बताउनुभयो ।

अक्टोबर ६ अर्थात् आज आईतबार हुन लागिरहेको अधिवेशनमा मलेसियामा रहेका विभिन्न संघ संस्था तथा अम तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितका लागि अनुरोध समेत गरेको छ । यो अधिबेशन नया नेतृत्व समेत चयन गरिने बताइएको छ । सुदुर नेपाल डटकमको तर्फबाट अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *