सभामुख महरा र रोषणी शाहिलाई एडिसन र रिमाको सहनै नसकिने जवाफ (हेर्नुहोस् भिडियो)

सभामुख महरा र रोषणी शाहिलाई  एडिसन र रिमाको सहनै नसकिने जवाफ (हेर्नुहोस् भिडियो)

समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा आज फेरी पनी NST_AD एडिसन दर्लामी मगरको मिठो स्वर अहिले सम्मको उकृष्ट शब्दमा आज पनि हजुर हरुकै आग्रह लाई आत्मसाथ गर्दै सान्दर्भिक शब्दमा देशको स्थिती लाई टपक्क टिप्ने प्र यास गरेका छौं । हजुर हरुलाई जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस तर सकरात्मक सोँच्दिनुस है मन पर्नेछ भन्ने पुर्ण बिस्वास छ ।जे सम चार लेखिएको थियो जे देखिएको थियो त्यही अनुरुप शब्द सिर्जना गरिएको छ त्यसैले यस्लाई अन्यथा नसोँचिदिनु होला है ।कोही कसैलाई असर नपरोस भन्दछौं ।गल्ती भए माफी चाहान्छौं ।बिसेष धन्यबाद एनेस्टि रिमा लुरिडन लाफा प्यारी  तेजेन्द्र भण्डारी,भगवान खत्रीलगायत सम्पुर्ण स्मुलबाट संगित सिक्दै गरेका समस्त सहकर्मिहरु।  NST_AD एडिसन दर्लामी मगरलाई गायिका रिमा रोका मगरले स्वरमा सात दिएकि छन ।

बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् ।महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो भने उनको सचिवालयले अर्को एक गाडी प्रयोग गर्ने गरेको थियो । त्यसै गरि गृह मन्त्रालयबाट महराले अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए ।

बाँकी रहेका दुईवटा गाडी पनि आज फिर्ता आउने जानकारी आएको संसद सचिवालयले जनाएको छ ।महराका प्रेस संयोजक डिल्ली मल्लका अनुसार सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११जना प्रहरी खटाइएको थियो । सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन महरालाई सुझाव दिएपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । तर महराले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
बाकि हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *