डम्बर विश्वकर्माको शब्द संगितमा’आउदैनौ ए पियारा’मन छुने दशैँ गीत बजारमा (भिडियो)

डम्बर विश्वकर्माको शब्द संगितमा'आउदैनौ ए पियारा'मन छुने दशैँ गीत बजारमा (भिडियो)

सुदुरपश्चिम बाजुरामा जन्मीएका गायक तथा सर्जक डम्बर विश्वकर्माको शब्द संगितमा रहेको ”आउदैनौ ए पियारा बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतमा सन्ध्या बुढा संग डम्बर विश्वकर्माले आफ्नो आवाज राखेका छन ।

डम्बर विश्वकर्मा  विदेशबाटै धेरै गित संगितमा आफनो शब्द र आवाज रहेका बताएका छन । यो गित एउटा प्रदेशिको कथामा आधारीत रहेको छ । विदेश हुदाको पीठा, दशैतिहार आउदा पनि आफ्नै परिवार संग दशै मनाउन नपाउदा को पिडा कस्तो हुन्ध भन्ने गित मार्फत सन्देश दिएका छन ।गायक तथा संगितकार अमित बाबू रोकायको लय सृजना रहेको गितको डम्बर विश्वकर्माले आफ्नै शब्द लेखेका छन ।

उक्त गीतमा विमल अधिकारी र दिभयानी वलीको अभिनय रहेको छ । नविन घर्ति मगरले सम्पादन गरेको गीतको छायाँकन हरिश महराले गरेको छन् ।भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको गीतको भिडियो भावना म्युजिक सोलुनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *