सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामक

सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामक

आरोप लगाउने म‍हिलाले कर्मचारी समायोजनको रिस पोखेको जनाइएको छ ।संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चलेका बेला संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको बताइएको छ।कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको भन्दै विज्ञप्तीमा असन्तुष्टिलाई लिएर सभामुख महराको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको दाबी गरिएको छ।सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा समाचार र घटना सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको उल्लखे गरिएको छ सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *