एनआरएनए जोहोरबारु क्षेत्रिय सम्पर्क कार्यालयको उदघाटन

एनआरएनए जोहोरबारु क्षेत्रिय सम्पर्क कार्यालयको उदघाटन

गैर आवासिय नेपाली संघ मलेसियाले जोहोरबारुमा क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरेको छ।मलेसियाको औद्योगिक क्षेत्र मानिने जोहोरबारुमा नेपाली कामदारको संख्या अत्याधिक छ ।नेपाली कामदार,नेपाली व्यवसायी साथै नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको सहजताका लागि जोहोरबारुमा संघको कार्यालय स्थापना गरिएको एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले बताए ।

हामीले मलेसियामा रहेका सबै नेपालीहरुको सहजताका लागि विभिन्न क्षेत्रमा एनआरएनलाई पुराउने लक्ष्य लिएका छौं उनले भने। नेपालको पर्यटन र नेपालमा लगानी भित्राउनका लागि पनि मलेसियाका व्यवसायीसँग निरन्तर सम्पर्क गरेर अगाडी जाने योजना पनि रहेको उनले बताए ।जोहोरबारु क्षेत्रमा सम्पर्क कार्यालय स्थापनाकै क्रममा संघका नवनिर्वाचित पदाधिकारीलाई जोहोरबारु क्षेत्रमा रहेका नेपाली तथा संघका क्षेत्रिय प्रतिनिधिहरुले सम्मानसमेत गरेका थिए । एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई अध्यक्ष भएपछि जोहोरबारुमा कार्यालय स्थापना गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *