नेपाली काँग्रेसका उम्मेद्वारलाई हराउँदै नेकपाका रामशरण थारु विजयी

नेपाली काँग्रेसका उम्मेद्वारलाई हराउँदै नेकपाका रामशरण थारु विजयी

बाँकेको कोहलपुर नगरपालिका ६ मा नेकपाका रामशरण थारु विजयी भएका छन । उनले नेपाली काँग्रेसका उम्मेद्वारलाई पराजित गरेका हुन् ।
नेकपा रामशरण थारु ८०० बिजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस श्रीकृष्ण थारु ७३७ मत ल्याएका छन् ।

कन्चनपुर को पुनर्वास नपा वडा न ३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन् उनले कांग्रेसका दीप बहादुर तामाङलाइ हराउँदै बिजयी भएका हुन ।खसेको मतको कुल ५० प्रतिसत भन्दा बढी मत ल्याई बिजयी भएका हुन । नेकपाका कृष्ण बहादुर तामाङको ५२८ र कांग्रेसका दीप बहादुर तामाङको ३१० को अन्तर रहेको थियो । यस ओडामा ११९९ मतदाता रहेकोमा खसेको मत थियो तर सदर मत ९२० रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै रोल्पाको थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *