जनउद्वार केन्द्र मलेसिया अब बिभिन्न राज्यहरुमा बिस्तार !जानकारीको लागि सेयर गरौ

जनउद्वार केन्द्र मलेसिया अब बिभिन्न राज्यहरुमा बिस्तार !जानकारीको लागि सेयर गरौ

मलेसिया। जनउद्वार केन्द्र मलेसियाले आफ्नो संगठन मलेसियाका बिभिन्न राज्यहरुमा बिस्तार गर्ने भएको छ।आईतबार मलेसियाको पेनाङमा बसेको भेलाले उक्त निर्णय गरेको हो ।संस्थाका केन्द्रिय अध्यक्ष केशु थापाको अध्यक्षयतामा भएको भेलाको सन्चालन सस्थाका केन्द्रीय सचिव शंकर देब आर्चायले गर्नु भएको थियो।

भेलाले मलेसियाका बिभिन्न राज्यहरुमा आफ्नो संगठन बिस्तार गर्ने निर्णय गरेको छ।जस्मा जोहोरबारु केशु थापा,पेराक हरि न्यौपाने ,केडाहा श्याम तामाङ, मल्लका शंकर देव आचार्य, पेनाङ बालकृष्ण आर्चाय,सेलाङगर देबेन्द्र गिरि,पाहाङ सेर बहादुर श्रेष्ठ लाई संगठन बिस्तार गर्ने जिम्मेवारी दिएको छ । साथै सम्पुर्ण साधारण सदस्य आजिवन सदस्यहरुलाई संगठन बिस्तारमा सहयोग गर्न आग्रह समेत गरेको छ।

साथै नेपाल भ्रमण बर्ष २०२०सफल पार्न जनउद्वार केन्द्र मलेसियाले भरपुर प्रयास गर्ने र उक्त नेपाल भ्रमण बर्ष २०२०को लोगो सहित जनउद्वार केन्द्र मलेसियाको आधिकारिक अंकित लोगो राखि टिसर्टहरुद्वारा प्रचारप्रसारमा सक्रिय हुने निर्णय समेत आजको भेलाले पारित गरेको छ।”श्रमिकको हित हाम्रो चाहना पिडितको उदार हाम्रो कामना”मुल उद्देश्य रहेको यस संस्थाले मलेसियामा स्थापना भएको छोटो समयमै 174जना भन्दा बढी पिडित नेपालीहरुलाई दुतावास सँगको सहकार्यमा उदार गरि नेपाल पठाइसकेको छ भने मलेसियामा रहेका स्थानीयहरुको पनि उदार गर्दै र गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *