नेपाल भ्रमण बर्ष २०२०सफलताका लागि एनआरएनए मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईको प्रतिबद्धता

नेपाल भ्रमण बर्ष २०२०सफलताका लागि एनआरएनए मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईको प्रतिबद्धता

दिनेश खप्तडि,मलेसीया

एनआरएनए मलेसियाको छैठौं अधिवेशबाट चयन भएको नयाँ समितिले  मलेसीयाका लागि नेपाली राजदुत उदयराज पाण्डेसंग नेपाली राजदुताबासको सभा कक्षमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भेटमा नब निर्वाचीत समितिको जानकारी पत्र गैर आवासीय नेपाली संघ, मलेसियाका नब निर्वाचीत अध्यक्ष हरि भट्टराईले राजदुत पण्डेलाई बुझाएका थिए ।यसै भेटमा हावाई टिकेटको मूल्य अत्याधिक वृद्धि भएले मलेसियाका सरकारले संचालन गरेको आम माफि सहितको घर फिर्ति कार्यक्रमलाई असर पारेको बिषयमा ध्यानाकर्षण गराउदै यस समस्याको समाधानको बाटो खोज्न आग्रह गरेको थियो । साथै दुतावास संग हरेक कार्यमा समान्वय र सहकार्य गर्न तत्पर रहेको र नेपाल भ्रमण बर्ष २०२० सफल पार्न गैर आवासिय नेपाली संघ, मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जाहेर गरेका थिए ।

भेटमा नब निर्वाचीत समितिलाई शूभकामना दिदै राजदुत पाण्डेले दुतावासको तर्फबाट नेपाल एयरलाइन्स र मालिन्डो एयरलाइन्स लगायतसंग घर फिर्ती कार्यक्रमबाट नेपाल फर्कने नेपालीहरुकोलागि हवाई टिकेटको सौलियतरुपमा सुबिधा दिन प्रस्ताव गरे पनि एयरलाइन्स हरुको प्रबिधिक कारणबस अस्विकार भएको जनाकारी गराए ।

उक्त भेटमै मलेसियाका लागि नब नियुक्त सहायक राजदुत मोतिराम श्रीस मगरलाई खदा अोडाई स्वागत गरेको थियो ।यस अघि एनआरएनए मलेसियाले बिभिन्न क्षेत्रमा समस्यामा परेका नेपाली हरुको सहयोग गर्न १४ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *