नेपाली समाज मलेसियाको बैठक सम्पन्न !ईश्वर राईको संयोजकत्वमा अधिबेशन तयारी समिति गठन

नेपाली समाज मलेसियाको बैठक सम्पन्न !ईश्वर राईको संयोजकत्वमा अधिबेशन तयारी समिति गठन

मलेसिया । नेपाली समाज मलेसियाको बैठक आईतबार क्वालालम्पुरमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष बिरेन्द्र कुमार नेगीको अध्यक्षतामा बसेको बैठकले ईश्वर कुमार राईको संयोजकत्वमा ९ सदस्यीय अधिबेशन तयारी समिती  गठन गरिएको छ ।जसको सदस्यहरुमा , बिपिन राई, राजेन्द्र वाईबा तामाङ,राम बहादुर तामाङ,हरि गिरी,होमेश्वर ठाकुर,भोजराज न्यौपाने र घनश्याम चौधरी उर्फ (आरएन थारु) बिरेन्द्र कुमार नेगी लगायत रहेको छन।

पार्टिको संगठनलाई बलियो बनाउन र नयाँ नेतृत्व चयन गर्नको लागि अधिवेशन तयारी समिती गठन गरिएको हो।समिति गठन पश्चात अब बस्ने पहिलो बैठकले अधिवेशन सम्पन्न गर्ने मिति निश्चित गर्ने संयोजक राईले बताउनु भएको छ।

उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन संघिय समाजबादि फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको एकता भई समाजबादि पार्टि नेपाल् स्थापना पश्चात मलेसियामा बैठक पहिलो पटक बसेको थियो। समाजवादी पार्टीमा आबद्ध हुन चाहने , सदस्यता लिन चाहने इच्छुक नेपालीहरुलाई आउदो् बैठक र अधिबेशनमा सहभागी हुन आह्वान समेत समाजले गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *