किरात राई यायोक्खा मलेसियाले आगोमा परी घाइते प्रविण राईलाई ५० हजार आर्थिक सहयोग

किरात राई यायोक्खा मलेसियाले आगोमा परी घाइते प्रविण राईलाई ५० हजार आर्थिक सहयोग

किरात राई यायोक्खा मलेसिया शाखाले आगोमा परी घाइते खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राईलाई ५० हजार १ सय ५ रुपैयाँ आर्थिक उपचारको लागि सहयोग गरेको हो। घाईते बालकको हाल काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको छ ।

असारमान राई र निर्मला राईका नवौं सन्तान प्रविण राई कोक्रो पल्टीएर आगोमा परी घाइते भएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालकको उपचारको लागी किरात राई यायोक्खा, तरुण दल खोटाङ लगायतले आर्थिक सहयोग अभियान चलाएका थिए । यसै अभियानबाट किरात राई यायोक्खा मलेसियाले पनि बालकको उपचारार्थ आर्थिक सहयोगको संकलन गरेको थियो ।

जसमा किरात राई यायोक्खा मलेसिया केन्द्र ,जोहोरबारु शाखा,पेनाङ शाखा र इपो शाखाबाट किरात राई यायोक्खा नेपालको केन्द्रिय कार्यालयमा केन्द्रिय अध्यक्ष दिवस राई, महासचिव जनक राई,का.बा. कोषाध्यक्ष परशुराम राई,किराया दुबईका कोषाध्यक्ष सरुसितल राई,यायोक्खा भक्तपुरका अध्यक्ष भिमबहादुर राई लगायतको उपस्थितिमा अग्नि पीडित प्रविण राईकि आमा निर्मला राई र काका प्रकाश राईलाई यायोक्खा मलेसियाका प्रतिनिधि रबिन राईले रकम हस्तान्तरण गर्नुभएको किरात राई यायोक्खा मलेसियाका सचिब बिपिन राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *