पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे स्थलगत अनुगमन,यस्तो खुलासा गरे(हेर्नुहोस भिडियो)

पत्रकार शालिकराम पुडासैनीको मृत्युबारे स्थलगत अनुगमन,यस्तो खुलासा गरे(हेर्नुहोस भिडियो)

काठमाडाैँ। माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु रहस्यमय भएको भन्दै नेपाली कांग्रेस नुवाकोटले छानविनको माग गरेको छ ।कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत मृतक पुडासैनीलाइ श्रद्धाञ्जली व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी घटनाका अपराधीलाई तत्कालीन खोजी गरि दाेषीलाई कठघरामा उभ्याउन नेपाल सरकारसँग माग गरेका छन । केसीले यस्तो लेखेका छन ‘युवा पत्रकार शालिकराम पुडासैनीकाे चितवनकाे पाेखरा बसपार्क स्थित एक हाेटलमा साेमबार राती भएकाे मृत्युको घटनाले सरकारको शान्ति सुरक्षा र सुशासनको अवस्था नेपाली जनताले राम्रो बुझेका छन।उक्त घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, घटनाका अपराधी लाई तत्कालीन खोजी गरि दाेषीलाई कठघरामा उभ्याउन नेपाल सरकार सग नेपाली कांग्रेस नुवाकोट जोडदार माग गर्दै पत्रकार महासंघ केन्द्रीय समितिकाे ध्यानाकर्षण हाेस्,भावपूर्ण श्रद्धाञ्जली परिवार जनमा हार्दिक समबेदना व्यक्त गर्दछु।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कलश होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन ।भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कलशमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको छ। प्रहरीका अनुसार उनको परिवार घटनास्थलमा पुगेको छ ।अहिले मुचुल्चा तयार गर्ने काम भैरहेको छ । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।यो खबर दैनिकी मा प्रकाशित छ ।pointnepal.net bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *