हार्दिक बधाइ !योगेश भट्टराई बने पर्यटनमन्त्री

हार्दिक बधाइ !योगेश भट्टराई बने पर्यटनमन्त्री

काठमाडाैँ : नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे ।

नवनियुक्त मन्त्री भट्टराईकाे आजै दिउँसाे ४ बजे शपथग्रहण तय भएको जनाइएकाे छ । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि लामाे समय साे मन्त्रालय प्रधानमन्त्री मातहत राखिएकाे थियाे ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईलाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राख्नुभएकाे थियाे ।

यसअघि प्रतिनिधि सभाकाे चुनावमा याेगेशलाइ उम्मेदवार बनाउँदा तत्कालीन एमाले अध्यक्ष रहेका प्रम ओलीले उनलाइ मन्त्री बनाउने भाषणमै घाेषणा गर्नुभएकाे थियाे । ताप्लेजुङमै चुनावी भाषण गर्दा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, मन्त्री पक्का’ भन्दै मतदातासँग अनुराेध गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *