हार्दिक बधाई! अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपाललाई ११ पदक

हार्दिक बधाई! अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपाललाई ११ पदक

मलेसिया । नेपालले मलेसियाको सरावक स्थित कुचिङ स्टेडिया जुलाई १९ देखि २१ सम्म भएको ‘सरावक चिफ मिनिस्टर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा’ एक संवरण, दुई रजत र ८ कास्य पदक जीतेको छ ।उक्त प्रतियोगितामा सुप्रिमा बजगाईले फाईट तर्फ महिला ३७ केजी तैल समुहको फाईनल खेलमा यताईल्यण्डकी स्वान्चुलाई हराउदै संवरण पदक जीतेकि हुन । साथै ४७ केजि मुनिको खेलमा पुजा कुवरले मलेसियाकि वान सुइसंग पराजित हुँदै कास्य हात पारेकि थिइन र जुनियर फाईटरमा अमर भुजेलले ७३ केजी मुनीको फाईनल खेलमा ताईपेइका रिसानुसंग पराजित भै कास्य पदक मै चित्त बुझाएको थियो ।

यसै प्रतियोगितामा ३७ केजीको खेलमा अलिसा सुनुवारले,४५ केजीमा अभिषेक कटुवाल, ६२ केजीमा बिमल लामा, २९ केजीमा बिशन गुरुङ, ५१ केजीमा आस्था दाहाल, ३३ केजीमा कृतिक भण्डारी, ३३ केजीमा क्रिस थापा र सिगल फुन्समा ११ बर्ष उमेर मुनीमा रुपसना मगरले कास्य पदक जीतेको छ ।

नेपाली टिम म्यानेजर महेश्वर नेपाल, प्रमुख प्रशिक्षक कुमार लामा घिसिङ, प्रशिक्षक सरोज तामाङ र प्रशिक्षक कुमार तामाङको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो ।यस प्रतियोगितामा खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको टिम म्यानेजर महेश्वर नेपालले बाताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *