पहिलो खेलमै नेपाल कतारसंग पराजित

पहिलो खेलमै नेपाल कतारसंग पराजित

काठमाडौँ । विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल नेपाल कतारसँग पराजित भएको छ । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाएका थिए । इनामले ३२ बलमा आफ्नो ४१ रन बनाएका थिए । त्यस्तै कमरान खानले २२ रन बनाए भने जाहिर इब्राहिमले १२ तथा मुहमद तनवीरले ११ रन बनाएका थिए । त्यस्तै नोमान सरवारले १५ र मुहमद रिजलानले ९ रन बनाएका थिए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएपनि हार टार्न सकेनन् । करण केसीका नाममा १ विकेट रह्यो ।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको मध्यम योगफल खडा गरेको थियो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए । छैटौँ ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लाथि सर्बाधिक ३४ रनको पारी खेले । उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे । नेपालको पुछारक्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो । विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन् । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए ।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो । बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए । पहिलो खेलमा कतारसँग पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । नेपालले दोस्रो खेल भोली मलेशियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *