साम्राज्ञीको अर्को बोल्ड अवतार (हेर्नुस तस्बिर)

साम्राज्ञीको अर्को बोल्ड अवतार (हेर्नुस तस्बिर)

ब्यापक चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि चर्चामा आएकी छिन् । उनी बोलेर होइन गरेर चर्चामा आउँछिन् ।यसपटक उनको रोमान्सले चर्चामा ल्याएको छ । स्वीम सुटमा तस्वीरका अलावा मस्तीको तस्वीरले चर्चामा आएकी हुन् ।दुई वटा फिल्मको छायांकन पूरा गरेर यतिबेला अभिनेत्री साम्राज्ञी विदेश छिन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ फिल्मको छायांकन पूरा गर्दै उनी इन्डोनेसियामा मस्ती गरिरहेकी छन् ।

त्यही क्रममा उनी विवादसँगै चर्चामा आएकी हुन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् ।तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । त्यसको केही समयपछि प्रेमीसँगै मस्ती गरिरहेको तस्बिरहरु पनि सार्वजनिक भए ।

जसले गर्दा उनलाई विवादमा तान्यो । उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय समयमा राम्रै तताएको गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगै उनी यतिबेला विदेशमा मस्ती गरिरहेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *