गायक राजु तामाङको नयाँ तामाङ सेलो अडियो सार्वजनिक

गायक राजु तामाङको नयाँ तामाङ सेलो अडियो सार्वजनिक

काठमाडौं। रौतहटमा जन्मेका हाल रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत गायक राजु तामाङ सानै उमेर देखि गीत संगीतलाई माया गर्ने कला संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने हेतुले गित संगित लागेका गायक तामाङ एक चर्चित कलाकार हुन् । गीत संगीतमा रुचि भए पनि आर्थिक अभाव र नेपालको बेरोजगारी समस्याको कारण बिदेशीन बाध्य भएका तामाङ आफ्नो कला साहित्य र संस्कृतिको कसरि गित संगित क्षेत्रबाट संरक्षण गर्नु पर्छ भन्ने सधैं चिन्ता गर्ने मध्य एक राजु पनि हुन।

यसै क्रममा गायक राजु तामाङले “गाङ ग्याब्से ला ब्योन दोर्जे”भन्ने बोलको तामाङ सेलो गीतबाट आफ्नो साङ्गेतिक यात्रा सुरु गरेका राजु त्यहि गित धेरै दर्शकहरुको माया पाएको र मन जित्न सफल भएपछि मलेसियामा आयोजना हुने सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएर दर्शकको मन जित्न सफल भएका छन् ।हाल सम्म उनका लगभग दुई दर्जन भन्दा बढी तामाङ सेलो गितमा स्वर दिएका छन भने अडियो भिडियो गरि युटुब मार्फत बजारमा आउने क्रम जारी छ।

गायक राजु तामाङले फेरि अर्को गित अर्कुसे बोर्जी दिम्ला खुई भन्ने बोलको अडियो गीत युटुब मार्फत सार्वजनिक गरेको छन् । यस गीतमा जि.बि तामाङ को प्रस्तुति राजु तामाङ र चर्चित गायिका जितु लोप्चन को स्वर रहेको छ भने शब्द सानुबाबु घिसिङ र संगीत च्वाईस दोङ को रहेको छ ।उक्त गीत डम्फु मिडिया प्राइभेट लिमिटेड युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *