नव नियुक्त अध्यक्ष रावलको पहिलो निर्णय! असाहय टुहुरा बालबालिकाको सम्पुर्ण उपचार निशुल्क गर्ने

नव नियुक्त अध्यक्ष रावलको पहिलो निर्णय! असाहय टुहुरा बालबालिकाको सम्पुर्ण उपचार निशुल्क गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले लामो समयपछी टीकापुर अस्पतालमा व्यवस्थापन समिती पठाएको छ । मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा दिपक रावल र सदस्यहरुमा गणेश बहादुर कुंवर, सुर्या सांउद, कृष्णा चौधरी र प्रकाश टमट्टालाई पठाएपछि अस्पताल अब सुध्रदै जानेतर्फ धेरैले विश्वास समेत लिएका छन् ।

सोमबार नवनियुक्त अध्यक्ष सहित सदस्यहरुको पदभार ग्रहण संगै बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । यो संगै रावलको अध्यक्षतामै समितिको पहिलो बैठकले महत्त्वपूर्ण दुईवटा निर्णय समेत गरेको छ । टीकापुर नगरपालिकामा बस्ने असहाय, टुहुरा बालबालिकाको उपचार निशुल्क गर्ने निर्णय भएको छ।

अस्पतालमा पदभार ग्रहण पश्चात् भएको स्वागत तथा बधाई कार्यक्रममा वहाँले अब टीकापुर अस्पताललाई व्यवस्थापन गर्दै जाने समेत बताउनुभयो । २ बर्षे कार्यकालमा अस्पतालको लागि रातदिन नभनेर काम गर्ने र अस्पताललाई राम्रो बनाउन तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।वहाँले कार्यविधी नै बनाएर टीकापुर नगरपालिकामा बसोबास गर्ने टुहुरा, असहाय, गरिब बालबालिकाको उपचार अस्पतालले निशुल्क गर्ने बताउनुभयो । त्यस्तै टीकापुर अस्पतालमा रहेको दरबन्दी अनुसारका चिकित्सक र कर्मचारी अस्पतालमा पठाउन सरकारलाई पत्राचार गर्ने र पहल गरिने निर्णय समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *